गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड
नयाँबजार-१६, काठमाडौंध्येय
आर्थिक सक्षमता, सहकारी सिद्दान्त र यसको व्यवहारिक प्रयोगबाट दिगो विकास, आर्थिक भेदभाव रहित सामाजिक न्यायको संस्थागत विकास। स्थानीय आन्तरिक स्रोत र साधनको अधिकतम प्रयोग तथा व्यवस्थित परिचालन सहित भौतिक एवं मानवीय अत्यावश्यक पूर्वाधारहरुको विकास गरि सामाजिक, आर्थिक न्याय एवं एकतामा जोड।
परिचय
सहकारीको सर्वमान्य सिद्दान्त, मूल्य र मान्यतालाई सिरोपर गर्दै विभिन्न धर्म, जातजाति, पेशा तथा व्यवसायमा आवद्द व्यक्त्ति एवं समुदायलाई ऐक्यवद्द गर्दै स्वावलम्बी, मितव्ययी र आत्मनिर्भर बनाउन नियमित रुपले बचत गर्ने बानीको विकास गर्न, संकलित बचतलाई उत्पादनशील क्षेत्रमा लगानी गर्न सदस्यहरुलाई प्रेरित गर्दै शेयर सदस्य महानुभावहरुलाई समाज र समुदायमा सरल र सहज तरिकाले आधुनिक र व्यवस्थित जीवनयापनमा सहयोग पुरयाउने उदेश्यले गण्डकी बचत तथा ऋण सहकारी संस्थाको स्थापना गरिएको हो ।
यसले सहकारी सिद्दान्त एवं अन्तराष्ट्रिय बचत तथा ऋण संघका सिद्दान्तहरु पालन गर्दै आफ्ना शेयर सदस्यहरुबीच बचत संकलन गर्ने, बचतमा निश्चित ब्याज प्रदान गर्ने तथा सुलभ ब्याजदरमा कर्जा लगानी गर्ने कार्य गर्दछ । "बचत नै बिकासको पार्इला हो ।" भन्ने मान्यतालाई आत्मसात गर्दै पूर्ण प्रजातान्त्रिक मोडेल र व्यवहारबाट अभिप्रेरित भई यो संस्था संचालित भएको छ ।
लक्ष्य
सहकारीको भावना र मर्मलाई आत्मसात गर्दै पूँजी निर्माण र त्यसको परिचालन एवं रोजगारीमा निम्न आय स्तर भएकाहरुको पहुँच पुर्याउनु यो संस्थाको प्रमुख लक्ष्य रहेको छ।
सेवाहरु
मुख्यतया आर्थिक अवस्था सुधारमा प्रयास गरिरहने समुदायको बीच स-साना बचत रकमलाई संकलन गरि सामूहिक पूँजीको स्थापना गरि सदस्यहरुको आर्थिक र सामाजिक अवस्थामा सुधार गर्दै समाजमा आर्थिक विभेदको अन्त्य र सामाजिक न्यायको स्थापना गर्नु संस्थाको मुख्य उदेश्य रहेको छ।
- सदस्यहरुमा छरिएर रहेका श्रम, सीप, साधन र पूँजीलाई एकिकृत गरि सदस्यलाई आय आर्जनको क्षेत्रमा लगानी गर्न प्रोत्साहित गर्ने।
- सदस्यहरुको आवश्यकतालाई ध्यानमा राखी विविध किसिमका योजनाहरुको प्रवर्द्धन गर्नुका साथै विभिन्न तह र स्तरका सरकारी र गैर सरकारी संघ सस्थाहरुसँग समन्वय गर्दै सदस्यहरुबीच वित्तिय सेवा र सुविधाहरु विस्तार गर्दै जाने।
- बढ्दो बेरोजगारीलाई न्यूनीकरण गर्न शेयरधनी महानुभावहरुलाई स्वरोजगारीको लागि कर्जा प्रदान गर्ने। सदस्य एवं सदस्यका परिवारले विदेशमा बसी गरेको कमाई सजिलै प्राप्त गर्न सकियोस भनी "गण्डकी सब रेमिटान्स" मार्फत सेवा प्रदान गर्ने।
- शेयर पूँजी बृद्धि गर्ने।
- भौतिक पूर्वाधार र मानवीय स्रोत विकास गर्ने।
- लगानीमा विविधता।
- सम्पर्कमा समन्वय र विकास।
- सामाजिक सुरक्षा।