गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड
नयाँबजार-१६, काठमाडौंध्येय
आर्थिक सक्षमता, सहकारी सिद्दान्त र यसको व्यवहारिक प्रयोगबाट दिगो विकास, आर्थिक भेदभाव रहित सामाजिक न्यायको संस्थागत विकास। स्थानीय आन्तरिक स्रोत र साधनको अधिकतम प्रयोग तथा व्यवस्थित परिचालन सहित भौतिक एवं मानवीय अत्यावश्यक पूर्वाधारहरुको विकास गरि सामाजिक, आर्थिक न्याय एवं एकतामा जोड।
बचत खाता
यस संस्थाको शेयर सदस्यहरुको हितलाई ध्यानमा राखी विभिन्न बचत खाताहरु संचालनमा ल्याइएको छ।
-
साधारण बचत खाता
यो खाता न्यूनतम रु. ५००।- बाट सुरु गर्न सकिने छ। यस साधारण बचत खातामा आफ्नो इच्छा अनुसार रकम राख्न र झिक्न पाइने छ। यो बचत खाता अन्तर्गत मासिक न्यूनतम बचत मौज्दातमा वार्षिक ७% ब्याज पाइनेछ। -
गण्डकी प्रिमियम बचत खाता
यो खाता संचालन गर्न न्यूनतम रकम रु. १०,०००।- जम्मा गर्नुपर्ने छ। यस बचत खातामा चाहेजति रकम जम्मा गर्न र एक दिनमा रु. २,००,०००।- सम्म झिक्न सकिनेछ। दैनिक मौज्दातमा ६.५% प्रतिशतका दरले ब्याजदर प्रदान गरिनेछ। -
क्रमिक बचत खाता
यो खाता दैनिक, साप्ताहिक र मासिक रुपमा स-साना रकम जम्मा गर्न सदस्यहरुलाई प्रोत्साहित गर्ने अभिप्रायले संचालनमा ल्याइएको हो। यस खातामा दैनिक रु. ५०।- देखि माथि जतिसुकै रकममा खाता संचालन गरी नियमित रुपमा बचत गर्नुपर्नेछ।
| शीर्षक | ब्याजदर |
|---|---|
| ६ महिना | ८.०% |
| १ वर्ष | ८.५% |
| २ वर्ष | ९.०% |
| ३ वर्ष | १०.०% |
(ब्याज प्रत्येक महिनाको न्यूनतम मौज्दातमा प्रदान गरिनेछ।)
-
मुद्दती बचत खाता
सदस्य महानुभावहरुको हितलाई ध्यानमा राखी यस सहकारी संस्थाले विभिन्न ब्याजदर सहित यो खाता संचालनमा ल्याएको छ। खाता संचालनका लागि न्यूनतम रु. ५,०००।- लाग्नेछ।
| शीर्षक | ब्याजदर |
|---|---|
| ६ महिना | १०.०% |
| १ वर्ष | १२.०% |
| २ वर्ष | १३.०% |
| ३ वर्ष | १४.०% |
(ब्याज प्रत्येक ३, ३ महिनामा प्रदान गरिने छ र ब्याजदर समयानुसार परिवर्तन हुनेछ।)